स्थानीय तह ज्येष्ठ नागरिक कल्याण
समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :
(क) स्थानीय तहभित्रका ज्येष्ठ नागरिकको लगत सङ्कलन गर्ने, अभिलेख राख्ने र लगत तथा अभिलेखको अद्यावधिक गर्ने,
(ख) स्थानीय तहभित्रका ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने योजना तथा कार्यक्रम तयार गरी स्वीकृतिका लागि केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिसमक्ष पेश गर्ने,
(ग) नेपाल सरकारबाट स्वीकृत ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षासम्बन्धी नीति, योजना तथा कार्यक्रमबमोजिमको स्थानीय तहस्तरीय कार्यक्रम कार्यान्वयन तथा सोको अनुगमन गर्ने,
(घ) स्थानीय तहमा स्थापना भई सञ्चालनमा रहेका हेरचाह केन्द्र, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक क्लब एवं ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षासम्बन्धी काम गर्ने तथा अन्य संघ, संस्थाको कामकारबाहीको अनुगमन गर्ने,
(ङ) ज्येष्ठ नागरिकको संरक्षण तथा सामाजिक सुरक्षासम्बन्धी कार्य गर्न स्थानीय सामुदायिक संस्थालाई परिचालन गराउने,
(च) दफा २४ बमोजिम ज्येष्ठ नागरिकले पाउने भत्ता वा सुविधा वितरण गर्ने व्यवस्था मिलाउने,
(छ) तोकिएबमोजिम अन्य काम गर्ने ।